प्रधानमन्त्री कार्कीले आज पदभार सम्हाल्दै, मन्त्री छान्नै सकस

काठमाडौं । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको आइतबार तेस्रो दिन हो । शुक्रबार बेलुका सपथ लिएपछि शनिबार दिनभर आन्दोलनका घाइते, सहिद परिवार भेट्दै भग्नावशेष संरचना हेरेकी प्रधानमन्त्री कार्कीले आज सिंहदरबारमा कार्यभार सम्हाल्दै छिन् । आजै केही मन्त्री नियुक्तिको तयारी चलिरहेको छ । सरकार निर्माणमा सहजकर्ताको भूमिकामा रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार अहिले…