काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाहले आज संघीय संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा भइरहेको छलफलका क्रममा विभिन्न दलका सांसदहरूले सरकारका प्राथमिकता, आर्थिक नीति, पूर्वाधार विकास, सुशासन, शिक्षा, स्वास्थ्य तथा रोजगारी लगायत विषयमा प्रश्न…