त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार, अन्यको खोजी जारी

काठमाडौं - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङभित्र जमेको भग्नावशेष, लेदो तथा अन्य अवरोध पन्छाउँदै लामो समयदेखि फसेका दुई कर्मचारीलाई सकुशल बाहिर निकालेको हो । उद्धार गरिएकामा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कवीर महर्जन…