काठमाडौँ । वीरगञ्जस्थित नेपाल टेलिकमको दूरसञ्चार कार्यालय भवन एकपक्षीय रूपमा भत्काइएको भन्दै नेपाल टेलिकमले सडक डिभिजन कार्यालय हेटौंडाप्रति आपत्ति जनाएको छ । टेलिकमका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको र यथास्थितिमा संरचना राख्न आदेशसमेत भएको अवस्थामा भवन भत्काइएको हो । सडकको मध्यबिन्दुबाट २५ मिटर दायाँ–बायाँ संरचना हटाउने मापदण्डभन्दा बढी टेलिकम भवनतर्फ क्षति पुर्याइएको दाबी कम्पनीको छ…