एन्फाले तत्काल सार्वजनिक नगर्ने अल्मुताइरीले पठाएको जवाफ

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत देखिएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् । एन्फाले भने उक्त पत्रलाई तत्काल सार्वजनिक नगर्ने देखिएको हो । एन्फाका महासचिव किरण राईले अल्मुताइरीले पठाएको जवाफ अहिले सार्वजनिक गर्न नमिल्ने बताएका छन्…