उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन र आर्थिक-सामाजिक समृद्धि नै सहिदहरूप्रतिको सच्चा सम्मान तथा श्रद्धा हुने बताउनुभएको छ। शनिबार बिहान राष्ट्रिय सहिद तथा शान्ति पार्क, जगडोलमा अवस्थित सहिद स्मारकको अवलोकन, सहिदहरूप्रति माल्यार्पण तथा फलफुल लगायतका वृक्षारोपणपछि सहभागीहरूलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। 'यो सहिद पार्क देशमा कसरी राजनीतिक परिवर्तन भयो भनेर शिक्षा…