Logo

समाचार

भारतमा कमाएर घर फर्कँदै थिए, भीरबाट खसेर महाकालीमा बेपत्ता

काठमाडौं– कमाउन भारत गएका एक युवक घर फर्किंने क्रममा भीरको बाटोबाट चिप्लिएर लड्दा महाकाली नदीमा बेपत्ता भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी भीरबाट खसेर महाकाली नदीमा बेपत्ता भएका हुन् । उनी एक महिना अघिमात्र कमाउनको लागि भारतको पिथौरागढ गएका थिए । उनी शुक्रबार एक महिनापछि घर

सर्वोच्चमा न्यायाधीश सिफारिस भए निरौला र पाण्डे

काठमाडौं– न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई शुक्रबार सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको हो। संसदीय सुनुवाइपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्त गर्नेछन्। सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्नुपर्ने भए पनि नाममा सहमति

सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि बाटोमै रोकिए यात्रु

काठमाडौं– अविरल वर्षासँगै झरेको पहिरोका कारण नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउनसमेत समस्या भएको छ । बाटो बन्द हुँदा सवारी साधन र यात्रु बीच बाटोमै रोकिएका छन् ।  

बैंगलोरमा महिलालाई ३० टुक्रा पारेर फ्रिजमा राखेको घटनाका आरोपीले आत्महत्या गरेको खुलासा

एजेन्सी- भारतको बैंगलोरमा महिलाको हत्या गरेर टुक्रा टुक्रा पारी फ्रिजमा राखेको घटनाका मुख्य अभियुक्त मृत फेला परेका छन् । गत शनिबार महालक्ष्मी दास नाम गरेकी महिलाको शव उनकै अपार्टमेन्टको फ्रिजमा ३० भन्दा बढी टुक्रामा राखिएको फेला परेको थियो । उनको हत्याको आशंका गरेका व्यक्ति मृत फेला परेको हो । ती

इयरबड कानमा पड्किँदा सँधैका लागि गुम्यो श्रवणशक्ति

एजेन्सी- टर्कीका एक व्यक्तिले सामसङ ग्यालेक्सी बड्स एफई कानमै पड्किँदा प्रेमिकाले सधैंका लागि श्रवणशक्ति गुमाएको दाबी गरेका छन् । सामसङको कम्युनिटी फोरममा पोस्ट राख्दै ती व्यक्तिले इयरबड्स पड्किँदा यस्तो घटना निम्तिएको बताएका हुन् । टर्किश सञ्चारमाध्यम वेबटेन्को डटकमका अनुसार ती व्यक्तिले हालै मात्र प्रेमिकाका लागि उक्त इयरबड्स खरिद गरेका थिए ।

सञ्चालनमा आयो बिहीबारदेखि अवरुद्ध कुलेखानी–फाखेल–काठमाडौं सडक

हेटौंडा— हेटौंडाबाट काठमाडौं भित्रिने छोटो दूरीको वैकल्पिक कुलेखानी–फाखेल–काठमाडौं सडक सञ्चालनमा आएको छ । उक्त सडकखण्डअन्तर्गत बिहीबारबाट भएको अविरल वर्षाका कारण इन्द्रसरोवर गाउँपालिका–२ मा पर्ने उक्त सडकखण्डमा शुक्रबार बिहान ९ः३० बजे पहिरो खसेको थियो । उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।स्थानीय तह, प्रहरी र सडक विभागको समन्वयमा पहिरो पन्छाएर

चालक र सहचालक मिलेर पन्छाए घोप्टेभिर सडकको पहिरो

काठमाडौं– रातिदेखि देशैभरि पानी परिरहेका कारण ठाउँठाउँमा पहिरो गएको छ । यस्तै मुग्लिन–कुरिनटार सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ घोप्टेभिरमा पनि शुक्रबार बिहान पहिरो खसेको थियो । घोप्टेभिरमा ढुंगा–माटोसहित सानो पहिरो खस्था एकतर्फी बाटो अवरुद्ध भएको थियो । तर उक्त पहिरोबाट सवारीहरु जाममा पर्नु अघिनै ट्रकका चालक र

कम भिजिबिलिटीका कारण पाँच फन्को लगाएर कतार एयरवेजको जहाज अवतरण

काठमाडौं– कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाज आकाशमा पाँच फन्को लगाएपछि अवतरण गरेको छ । । ठुलो वर्षा र कम भिजिबिलिटीका कारण पाँच फन्को लगाएर उक्त विमान अवतरण गरेको हो । जहाजको आकार, प्यासेन्जरको सङ्ख्या, पाइलटको विमानस्थलसँगको अभ्यस्तता लगायत कारण उडान, अवतरणमा फरक पर्न जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक

वर्षाका कारण त्रिभुवन विमानस्थलको उडान र अवतरण प्रभावित

काठमाडौं– आज देशका विभिन्न स्थानबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन् । ठूलो वर्षाका कारण कम भिजिविलिटी हुँदा विमान उडान तथा अवतरण प्रभावित भउको हो । सुर्खेत, पोखरा, भरतपुर, भद्रपुर, तुम्लिङटार लगायत विमानस्थलबाट हुने उडान, अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र

नौरथामा पूर्व राजा ज्ञानेन्द्र भुटान जाने

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा जाने भएका छन् । संवाद सचिव डा फणीराज पाठकका अनुार शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन् । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैं मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय