काठमाडौं l त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्णस्तरको आपतकालीन अभ्यास (Full Scale Emergency Exercise) सम्पन्न गरिएको छ। अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल लगायत अन्य सम्बन्धित निकायहरूको संयुक्त सहभागिता रहेको थियो। उक्त अभ्यासको उद्देश्य विमानस्थलमा सम्भावित दुर्घटना वा आपतकालीन अवस्थाको समयमा विभिन्न निकायबीचको समन्वय, उद्धार तथा राहत कार्यको क्षमता अभिवृद्धि गर्नु रहेको बताइएको छ।…