काठमाडौँ । नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी गतिविधिबारे जनतालाई जानकारी गराउन संसद् बैठक तत्काल बोलाउन माग गरेको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि सभामुखसँग छिट्टै छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। उनले बाढी–पहिरो प्रभावित क्षेत्रमा बेपत्ताका विषय संसद्मा उठाउन र समाधान खोज्न सदन सञ्चालन…