कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम बहादुर रोकायाले आफ्नो मन्त्रालयको बजेटबाट आफू नै सन्तुष्ट नभएको बताएका छन् । आइतबार प्रदेश सभाको दशौं अधिवेशन अन्तर्गतको २१ औं बैठकमा सांसदहरुले उठाएको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।