काठमाडौं महानगरपालिकाले सबै सेवालाई अनलाइन बनाउन १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै महानगर उपप्रमुख सुनिता डंगोलले महानगरबाट प्रदान गरिने सबै सेवालाई अनलाइन प्रणालीमार्फत गर्ने गराउने कार्यलाई गौरवको योजनाको रुपमा आत्मसात गरी ‘सुशासनका लागि अनलाइन सेवा’ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको…