होटलमा मुख्यमन्त्रीलाई शपथ खुवाउने मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले मंगलबार जारी विज्ञप्तिमा मन्त्रिपरिषद्को सोमबारको बैठकले…