काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सोमबार देशभर प्रदर्शनको तयारी गरेका छन् । नेताहरुको भ्रष्टाचारका कारण आफूहरुको भविष्य बर्बाद भएको भन्दै ‘जेनजी’ पुस्ताले यस्तो अभियान थालेको हो। यो समूहले सोमबार सामाजिक सञ्जालमाथि नियन्त्रण र भ्रष्टाचारको विरोधमा काठमाडौंमा प्रदर्शनको लागि आह्वान गरेका छन्। काठमाडौंमा संसद् भवन अगाडि र अन्य सबै जिल्लामा सदरमुकाममा विरोध…