हिन्दु परम्पराअनुसार विभिन्न बारमा विभिन्न देवी-देवताको पूजा गरी हामी आफ्नो भगवान्प्रतिको आस्था प्रकट गर्छौं । विशेष व्रत र अन्य उपवासबाहेक, अधिकांश नेपाली हिन्दु धर्मावलम्बीहरूले साताको कुनै एक वा दुई दिन सोही बारअनुरुपको देवताको पूजा गरी व्रतसमेत बस्ने गर्छन् । आज शुक्रबारका दिनमा हिन्दु धर्मावलम्बीहरूले भगवान् शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्ने गर्छन् ।…