भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहालले राजीनामा दिएको माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र (आरसी) अधिकारीले…