त्रिशूली नदीमा खसेको जिप भेटियो, भेटिएनन् चालक र यात्रु

काठमाडौं, माघ २ । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिप फेला परेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूलीमा खसेको हो। आज बिहान पौने पाँच बजेको समयमा जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जिप सडकबाट करिब ८५ मिटर तल खसेको…