विराटनगरबाट उद्धार गरिएका यात्रु थानकोटमा १० घण्टादेखि अलपत्र !

विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् । महानगरले अलपत्र परेकाहरुलाई सात वटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३ बजेतिर गाडी चढेका उनीहरु विहान ५ बजेतिर थानकोट आइपुगेका थिए । ‘काम परेर जाँदा लकडाउनका कारण उतै थुनिएका थियौं । स्थानीय तहले पास बनाएर पठाएपछि आएका थियौं,’ थानकोटमा रोकिएका…