उपमेयरको जिम्मेवारी शासक नभइ सेवकको रुपमा काम गर्ने : उपमेयर सुनिता डंगोल

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले मतदाताले महानगर हाँक्ने जिम्मेवारी युवाहरुलाई दिएको भन्दै त्यसलाई इमान्दारितापूर्वक निर्वाह गर्ने बताएकी छन् । उपमेयरमा निर्वाचित भएपछि धन्यवाद ज्ञापन गर्दै डंगोलले उपमेयरको जिम्मेवारी शासक नभइ सेवकको रुपमा काम गर्ने बताएकी छन् । 'युवाप्रति अथाह भरोसा गरेर काठमाडौं जस्तो महत्त्वपूर्ण महानगरपालिकामा काठमाडौं महानगरवासी मतदाताले मलाई विजयी गराउनु भएको छ,' डंगोलले…