अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं र सिरहाबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ ईन्द्रायणी मन्दिर पुलबाट करिब ८ सय २० ग्राम चरेशसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १८ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।…