अमेरिकामा क्र्यास ल्यान्डिङ भएको एउटा सानो जहाज रेलसँग ठोक्किएको छ। समाचार संस्था रोयटर्सका अनुसार सेसेना कम्पनीको उक्त जहाज आइतबार बिहान पाकोइमाबाट उडनासाथ क्र्यास ल्यान्डिङ गरिएको थियो। रेलवेको जक्सनमा क्र्यास ल्यान्डिङ भएको जहाजमा केहीबेरमै एउटा रेल आएर ठोक्किएको थियो। प्रहरी अधिकारीले जहाजका पाइलटलाई तत्काल उद्धार गरेका थिए। पाइलटलाई निकाल्नासाथ रेलले जहाजलाई ठक्कर दिएको थियो। रेलको ठक्करबाट…