अस्ट्रेलियाको सिड्नीमा २५०० मानिस पूरै नग्न किन भए ?

सिड्नीको बोन्डी बिचमा करिब २,५०० व्यक्तिले एक कलाकृतिको लागि नग्न पोज दिएका छन्। छालाको क्यान्सरबारे जनचेतना फैलाउने उद्देश्यले यो कलाकृति बनाइएको हो । अमेरिकी फोटोग्राफर स्पेन्सर ट्युनिकले समुद्र तटमा नग्न मानिसहरूको तस्बिर खिचेर छालाको क्यान्सरको बारेमा सचेतना फैलाइरहेका छन्। यसको उद्देश्य अष्ट्रेलियाका मानिसहरूलाई नियमित छाला परीक्षण गराउन उत्प्रेरित गर्नु हो। विश्व क्यान्सर अनुसन्धान कोषका अनुसार…