भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा

नेपाल आयल निगमको भलबारी डिपोमा लागेको आगो नियन्त्रणमा आएको जानकारी छ । डिपोको पेट्रोल भण्डारणको मुखैमा लागेको आगो भर्खरै नियन्त्रणमा आएको डिपो प्रमुख नवविनोद पोखरेलले बताए ।‘बिहान ११ बजेर ५५ मिनेटमा लागेको नियन्त्रणमा आएको छ । कुनै मानवीय क्षति भएको छैन’ पोखरेलले भने, ‘दुई वटा पेट्रोल ट्यांकरमा लागेको आगो निभेको छ । हाललाई डिपो बन्द…