प्रधानमन्त्री शेरबहादुर देउवाले ज्योतिषीसँगको परामर्शमा स्थानीय तह निर्वाचनको मिति तय गरेको खुलासा भएको छ । प्रधानमन्त्री देउवानिकट मानिने चर्चित ज्योतिषी सुरेशचन्द्र रिजालले वैशाख ३० मा निर्वाचन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । ‘शुरूमा जेठ ४ को कुरा भएको थियो । त्यो दिन ज्येष्ठा नक्षत्र परेकाले राम्रो देखिएन’, रिजालले लोकान्तरसँग भने, ‘वैशाख ३० गते शुक्रबार हो…