काठमाडौँ , २० माघ । कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी तथा बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौं उपत्यकाभित्रका नागरिक अस्पताल र कान्तिपुर अस्पतालको ल्यावबाट नक्कली पीसीआर रिपोर्ट फेला पारेपछि चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नागरिक अस्पतालका प्रवन्धक प्रशन्नकुमार झा र बिचौलिया रोशनकुमार छिट्टान तथा कान्तिपुर…