काठमाडौं - राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रेडियोलोजिस्ट चिकित्सकको अभावप्रति आक्रोश व्यक्त गर्दै नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। जुम्लाबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले वार्षिक ५० करोड रुपैयाँ बजेट प्राप्त हुँदा पनि रेडियोलोजिस्ट जस्तो अत्यावश्यक चिकित्सक नराखिएको भन्दै यो जुम्ला र समग्र कर्णालीको अपमान भएको बताए। शाहीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत…