काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा सुरक्षा अवस्थाबारे जानकारी लिन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आकस्मिक निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा कार्यालय प्रमुख एसएसपी सुरेश काफ्लेले काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन, सवारी चाप, दुर्घटना न्यूनीकरणका प्रयास तथा सेवा प्रवाहबारे गृहमन्त्रीलाई विस्तृत जानकारी गराउनुभएको थियो। उक्त निरीक्षणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…