नयाँ आर्थिक वर्षको सुरुवातमै वैदेशिक व्यापारमा उत्साह

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको वैदेशिक व्यापारमा उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागका अनुसार निर्यात ६१.७२ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष साउनमा २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । यसैगरी, आयात ३१.०४ प्रतिशतले बढेर…