काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा आश्रय लिइरहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सरकारले घोषणा गरेको राहत रकम अस्वीकार गर्दै सम्मानजनक पुनर्स्थापनाको माग गरेका छन्। नेपाल सरकार र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार २२ गतेभित्र राहतका लागि निवेदन दिन गरेको आह्वानलाई चुनौती दिँदै प्रभावित परिवारहरूले राहतका लागि निवेदन नदिने निर्णय गरेका…