धनगढी - गत वर्षकाे प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई अन्तरघात गरेको आरोपमा कांग्रेस कैलाली–५ को क्षेत्रीय कार्यसमितिले पूर्वसांसद पुष्करनाथ ओझासहित २० कार्यकर्तामाथि कारबाही सिफारिस गरेको छ । गत निर्वाचनमा नेपाली कांग्रेसको पार्टीका तर्फबाट आधिकारिक उम्मेदवारविरुद्ध प्रचार गरी हराउन भूमिका निर्वाह गरेको दाबीसहित केन्द्रीय कार्यालयमा कारबाही माग गरिएको हो । यो निर्वाचन क्षेत्रमा…