सप्तरीबाट पक्राउ परेको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले थप ७ दिन हिरासतमा राख्ने भएको छ । पूर्वपश्चिम राजमार्ग अवरुद्ध पार्ने क्रममा शुक्रबार पक्राउ परेका १४ जनामध्ये ६ जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह, कंचनरुप नगरपालिका…