कलाकार जयनन्द चन्द ठकुरीको निधन

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । आइतबार बिहान आफ्नै घर बागडोलमा उनको निधन भएको हो । उनले बिहान ११ बजेर २० मिनेटमा आफ्नो प्राण त्यागेका थिए । जयनन्दको आजै पशुपति आर्यघाटको विद्युतिय शव गृहमा अन्त्येष्टी गरिने चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए । जयनन्द लामो समयदेखि प्यारालाइसिसका कारण थला परेका थिए…