कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ ।बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ
सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देश चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक
नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन थालेको छ । कुनै पनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सहितको सन्देश दिन थालिएको हो ।पटक–पटक सावुनपानीले हात धुन, व्यक्तिहरुसँग सामाजिक दूरी कायम गर्न सन्देशमा भनिएको छ । टेलिकमले
पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड-१९ कोरोना भाइरसको त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ। नयाँ बसपार्क
सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किएका हुन् । १० बजेदेखि नाका पूर्ण रुपमा बन्द हुने भए पनि बिहानै नेपालतर्फ आएकाहरुलाई समेत आवश्यक स्वास्थ्य परीक्षण गरी भित्रिन दिइएको
बिहारमा आइतबार बिहानसम्म आधिकारिक रुपमा कोरोना भाइरसको संक्रमणका एकजना पनि बिरामी थिएनन् । यो कुरामा एकातिर यहाँको परीक्षण प्रक्रियामाथि प्रश्न उठिरहेको थियो भने अर्कोतर्फ बिहार अहिलेसम्म कोरोना भाइरसबाट कसरी बच्न सक्यो भनेर चर्चा भइरहेको थियो । तर दिउँसो अचानक भारतमा कोरोनाका कारण भएको छैटौं मृत्यु बिहारको राजधानी पटनाबाट थियो भन्ने
कोरोना भाइरसविरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकी सहयोग इरानले अस्वीकार गरेको छ । इरानमा कोरोना संक्रमणका कारण मृतकको संख्या बढ्दै गएपछि अमेरिकाले मानवीय सहायता प्रस्ताव गरेको थियो । तर, त्यसलाई इरानले अस्वीकार गरेको बीबीसीले जनाएको छ । हाल इरानको मध्यपूर्वी क्षेत्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ । सो
बेलायतमा कोरोना संक्रमणसँग जुधिरहेकी एक नेपाली महिलाले विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेकी छिन् ।सामाजिक सञ्जाल फेसबुकमा आफ्नो तस्वीरसहित स्टाटस राख्दै भगवती रानाभाटले विशेष सावधानी अपनाउन सबैमा आग्रह गरेकी हुन् । संक्रमण निकै पीडादायक रहेको र १३ दिनसम्म पनि निको हुने छाँटकाँट नरहेको भन्दै उनले सावधानी अपनाउन आग्रह गरेकी हुन्
कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो । वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो । पर्साका
कोरोना भाइरसले सबैभन्दा धेरै इटलीमा क्षती पुर्याएको छ । इटलीले आफ्नो देशको स्थिती हेरेर अन्य देशले पाठ सिक्न आग्रह गरेको छ । कोरोना भाइरसको उत्पत्ति चीनमा भएपनि यसले चीनमा भन्दा इटलीमा विध्वंस मच्चाएको छ । चीनमा गत वर्ष नोभेम्बरमा यो भाइरसको उत्पत्ति भएको थियो । कोरोना संक्रमणका कारण इटलीमा आइतबार