ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत सरकारले गोर्खा सेनालाई छिमेकी मुलुक चीन र मित्र राष्ट्र पाकिस्तान र बंगलादेशलगायतका राष्ट्रका विरुद्धमा प्रयोग गर्न नदिन आवश्यक पहल गर्न माग गर्दै आज सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । अध्यक्ष फणीन्द्र नेपाल र कोषाध्यक्ष नविना खड्काले आज परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको ज्ञापन पत्रमा भारतीय गोर्खा सेना सम्बन्धी…