भारतको उत्तराखण्डस्थित क्वारेन्टाइनबाट नेपालीहरूलाई निकालिएको छ । उत्तराखण्डस्थित रुऽपुर र काशीपुरका क्वारेन्टाइनबाट १४ दिन बसेका डेढ सय बढी नेपाली निकालिएका हुन् । उनीहरू झण्डै एक सय १५ किलोमिटर पैदल हिडेर शुक्रबार राति नेपाल भारत सीमा क्षेत्रमा पुगेका थिए । त्यहाँबाट भारतीय सीमा सुरक्षा बल -एसएसबी)ले कुटेर लखेटेको डडेल्धुराका पर्शुराम नगरपालिका-१० कुर्मुल्लेका सुशील जोशीले बताए ।…