काठमाडौँ आसार ३०। मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको गेट नम्बर १७ स्थित सुरुङको बाँध फुटेर पानीले बगाउँदा २ जना आयोजनाका कर्मचारी बेपत्ता भएका छन् र दुई जना घाईते भएका छन् । आज दिउसो गेटको बाँध फुटेको थियो ।घाइते हुनेहरु साइटइन्जिनियर शेखर खनाल र साइट एसिस्टेन्ट प्रेमबहादुर तामाङ हुन् । सवारी चालक ५५ वर्षीय राधाकृष्ण…