अनौठो चिया पसल : कसैसंग धोका खानु भन्दा या बसेर चिया खानुस्

काठमाडौँ , १६ माघ ।  बानेश्वरको नजिकै एउटा अनौठो चिया पसल छ । त्यो पसलको नाम हो जुगाड फुड । जुगाड फुड विभिन्न खेर गइरहेका पुराना सामाग्रीहरुको जुगाड गरेर संचानलनमा ल्याइएको चिया पसल हो । जुगाडका संचालक हुन् सुर्य न्यौपाने र ममता न्यौपाने । नामै जुगाड, यहाँ भएका अधिकांश सामान पनि जुगाड गरेरै राखिएको छ।…