सल्यानमा नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। कपुरकोट–३ चोरखालामा सेनाको गाडी दुर्घटना भएको हो।दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेले जानकारी दिए। उनका अनुसार मेजर ईश्वर सिलवाल, जवान रोशन हिटन र हबल्दार जय प्रकाश बोहरा लगायत ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइतेको उद्धारका…