कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया युवती धौलागिरी अस्पतालमा उपचाररत छिन् ।अस्पतालको तेस्रो तला बनाइएको आइसोलेन वार्डमा बसेको १२ दिन भइसक्यो । उनलाई बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिए । अहिले ज्वरो आए नआएको, खोकी लागे नलागेको सोधे र धेरैभन्दा धेरै तातोपानी खान…