काठमाडौंदेखि पैदलै बर्दिया जान भन्दै बुटवल आइपुगेका ७५ जना मजदुरलाई रूपन्देहीबाट उद्धार गरिएको छ । सैनामैना नगरपालिकाले गाडीको व्यवस्था गरी घर पठाइएको हो । पाँच दिन लगाएर काठमाडौंबाट आइपुगेका ७५ मजदुरलाई बुटवलसँग जोडिएको सैनामैना नगरपालिकाले बसको व्यवस्था गरी घरतर्फ पठाइएको हो । शनिबार साँझ सैनामैनासम्म आइपुगेका उनीहरूलाई नगरप्रमुख चित्रबहादुर कार्कीको पहलमा एक रात राखेर घरसम्म…