नेकपाका नेता भीम रावललाई धनगढी विमानस्थलको विशिष्ट कक्षमा जानबाट रोकिएको छ। पूर्व उपप्रधान तथा रक्षामन्त्री साथै सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य रावललाई विमानस्थलको विशिष्ट कक्षमा नेपाली सेनाले रोकेको हो। शनिबार बिहान श्री एयरको विमानबाट पार्टीको सुदूरपश्चिमस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमका लागि नेता रावल धनगढी आएका थिए। रावल नेकपाको सुदूरपश्चिम प्रदेश ईञ्चार्ज समेत हुन्। विमानबाट झरेर…