नायक निखिल उप्रेती आफू चलचित्रको करिअर बलिउडबाट सुरु गरेको बताउँदै आएका छन् । नेपाली चलचित्रमा प्रवेश पूर्व नै उनले बलिउडमा सह-निर्देशकको रुपमा काम गरेको र केही चलचित्रमा अभिनय पनि गरेको बताउँछन् । केही समय अगाडि उनले एक अन्तरवार्तामा बलिउडमा आफ्नो धेरै साथीहरु भएको बोले । बलिउडका सफल निर्देशक रोहित सेट्ठी आफ्नो क्लासमेट भएको समेत उनले…