रौतहटस्थित एक मस्जिदमा लकडाउनको अवधिमा भीडभाड नगर्न अनुरोध गर्न गएका एक जना नेपाल प्रहरीका असईमाथि हातपात भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व सबे बारातको पूर्वसन्ध्यामा बिहीबार साँझ रौतहटको परोहा नगरपालिकाअन्तरगत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका असई उपर हातपात भएको हो । तेजापाकड स्थित मस्दिजमा एकैठाँउमा सैयौँको संख्यामा मुस्लिमहरु जम्मा भएर नमाज पढिरहेको बेला सम्झाउन…