धार्मिक तथा ऐतिहासिक महत्वको मिथिला परिक्रमाको पूर्वप्रधानन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएकाे हाे । उद्घाटन कार्यक्रमका लागि उहाँ हेलिकप्टरबाट कचुरी ओर्लनुभएकाे थियाे । उहाँले उद्घाटनका क्रममा केहीबेर डोला समेत बाेक्नुभएकाे थियाे । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालुहरू श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ…