सप्तरीमा कोरोना संक्रमित देखिएका युवकसँग सम्पर्कमा आएका १७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ हटैल टोलका १८ वर्षीय युवकमा संक्रमण भएको पाइएपछि उनीसँगै क्वारेन्टाइनमा रहेका १२ जनासहित १७ जनालाई पुनः क्वारेन्टाइनमा ल्याएर राखिएको वडा अध्यक्ष प्रदीप साहले जानकारी दिए । लकडाउनको समयमा गत वैशाख ९ गते चितवनबाट पैदलमार्फत घर आए लगत्तै…