हुँइकिन थाले काठमाडौंंमा साझाका ३ बिजुली बस

साझा यातायातले पहिलो चरणमा ल्याएका तीन वटा बिजुली बस आज विहीबारदेखि काठमाडौंंमा सेवा थालेका छन् । पहिलो चरणमा ल्याइएका बिजुली बसले साझाले नियमित सेवा दिंदै आएका रुटहरुमा सेवा थालेको हो । विहीबार विहानसाझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका छन् । साझा यातायातका संस्थापक अध्यक्ष विश्ववन्धु थापाले बसहरुको सेवाको औपचारिक शुभारम्भ गरे…