काठमाडौं,१६ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंको सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन् । मंगलबार संघीय संसदअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराए । उनले भने ‘सामाखुसी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्नुपर्यो,बाटो नै खोलाजस्तै भएको छ।…