काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १० बानेश्वरमा महिला आदर्श सेवा केन्द्रले भोग गरिरहेको जग्गा वडा कार्यालयलाई फिर्ता गरेको छ । आज भवन परिसरमा आयोजना गरिएको जग्गा हस्तान्तरण तथा पत्रकार सम्मेलनमा केन्द्रका पूर्व अध्यक्ष सूर्यकुमारी श्रेष्ठले वडा १० का अध्यक्ष एवं महानगरको सामाजिक समितिका संयोजक रामकुमार के. सी. लाई जग्गा सम्बन्धी फाइल हस्तान्तरण गर्नुभएको हो…