लुम्बिनी विकास बैंकको सिइओ बोहराले गरे पदबहाली

लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त भएका नरेशसिंह बोहराले मंगलबार पदबहाली गरेका छन् । बैंकले दोस्रो कार्यकालको लागि सिइओमा बोहरालाई २ साउनबाट लागू हुने गरी चार वर्षको पदावधिसहित नियुक्ति गरेको हो । एक कार्यक्रमको आयोजना गरी बैंकले उनलाई स्वागत गरेको छ । पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनीत अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब…