वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक

नेपाली पत्रकारिताको प्रथम पुस्ताका पत्रकार पन्नालाल गुप्त चाचाजी निर्माण भएको वृत्तचित्र ‘चाचाजी’ युट्युबमा सार्वजनिक गरिएको छ । पत्रकार सन्तोष रेग्मीको लेखन/निर्देशन एवं निर्माण रहेको चाचाजीको यसअघि नेपालगञ्जमा विशेष प्रदर्शनी गरिएको थियो । चाचाजी उपनामबाट चर्चित पत्रकार गुप्त पञ्चायतकालको कठोर समयमा तत्कालीन शासकहरुका धाक, धम्की र शारीरिक, मानसिक यातनाबाट रत्तीभर विचलित नभै पत्रकारिताको धर्म निर्वाह गर्न…