दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मुर्ति (शिला) मा बिहीवार(आज) विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको पत्रकार जीवनाथ शिवाकोटीले जनाएका छन् । पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ । भीमसेनको मुर्तिमा पसिना आएपछि पूजा गर्न सुरु गरिएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी,…