सिन्धुलीमा दुर्घटनामा परि १८ जनाको मृत्यु

विपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालिका–७ पलाँसेमा गत सोमबार पैदल यात्रीलाई मिनी ट्रकले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भयो। स १ ख ५४२ नम्बरको मिनि ट्रकको ठक्करबाट पलाँसेका ५५ वर्षीय नन्दलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। श्रेष्ठलाई ठक्कर दिएर फरार ट्रकलाई प्रहरीले सोमबार नै उदयपुरको त्रियुगा नगरपालिकाबाट नियन्त्रण लियो। यस्ता साना ठूला दुर्घटना विपी राजमार्गमा दैनिकजसो…