काठमाडौंको हनुमानढोका दरबारको प्रांगणको उत्तरपश्चिमी भागमा काल भैरवको ठूलो प्रस्तर मूर्ति छ । कालो प्रस्तरबाट बनेको यो मूर्ति अति ठूलो र डरलाग्दो छ । यो मूर्ति १२ फिट अग्लो छ । यो मूर्ति प्राचीन कालतिर बनाइएको मानिन्छ तर यस स्थानमा यसको स्थापना भने कान्तिपुरे राजा प्रताप मल्लले गराएका हुन् । कतिपय श्रद्धालुहरू काल भैरवलाई काली…