रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले निजी खर्चमा गाउँपालिकाभित्रको विकट क्षेत्रमा सडक निर्माण गरेका छन्। वडा नम्बर १ बेगखोलाको चेन्डाँडा, सिमफाँट, भौसरा र चुतर्नीमा अध्यक्ष भण्डारीले पाँच लाख नौ हजार रुपैयाँमा सडक निर्माण गरेका हुन्। स्थानीयवासीको अनुरोधमा निर्माण गरिएको साढे दुई किलोमिटर लम्बाइको सडकको सोमबार उदघाटन गरिएको छ। चेनडाँडाबाट विस्तार गरिएको मोटरबाटो सिद्धनाथ, तल्लो लिला हुँदै…