Logo

समाज

नेपालबाट एनसेलको लगानी झिक्ने एक्जियटाकाे निर्णय

काठमाडौं। एनसेलको मुख्य कम्पनीको रुपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको छ । एक्जियटाको सञ्चालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले

रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं,१३ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । मंगलबारदेखि मधेश प्रदेश अन्तर्गत महोत्तरीको जलेश्वरमा जारी पार्टीको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । रास्वपाले संसदीय दलका उपनेता, विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक

अनलाइनबाट सामान किन्दा सचेत हुन नेपाल प्रहरीको आग्रह

काठमाडौँ, १३ मङ्सिर नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह

रुसी सेनामा कार्यरत तीन नेपालीको तिहारको दिन मृत्यु, परिवारलाई दुई सातापछि मात्रै खबर

काठमाडौं, मंसिर १३ । रुसी सेनामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान रहेका छन् ।​ दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार उनीहरूको गत १५ नोभेम्बर (२९ कात्तिक) गते मृत्यु

बाँसुरी बादन प्रतियोगिताका लागि काठमाडौँ महानगरपालिकाको आव्हान

काठमाडौँ । मंसिर २७ गते काठमाडौँ महानगरपालिका स्तरीय बाँसुरी बादन प्रतियोगिता आयोजना हुने भएको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ

प्रहरीको जागिर छाडेर दुई महिना अघि रुसी सेनामा भर्ना भएका राजकुमारको भिडन्तमा मृत्यु

दोलखाको मेलुङ गाउँपालिकाका एक पुरुषको रुसमा मृत्यु भएको छ । केही महिना अघि मात्रै रोजगारीको सिलसिलामा रुस पुगेका मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका अन्दाजी ३५ वर्षीय राजकुमार रोकाको मृत्यु भएको हो । रसियन सेनामा भत्र्ती भएर तालिम गरिरहेका उनको गत कात्र्तिक २९ गते नै मृत्यु भएपनि परिवार र

प्रधानमन्त्री प्रचण्ड आज कोप–२८ मा सहभागी हुन यूएई जाँदै

काठमाडौं, मंसिर १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्दै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अहिले विहान ९ बजे त्यसतर्फ

काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूम्रपान पनि गर्न नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ । अबदेखि महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूम्रपान पनि गर्न पाइने छैन । आज एक सूचनामार्फत महानगरको स्वास्थ्य विभागले अबको १५ दिनपछि लागु हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ

पाथिभरा माताले सबैको रक्षा गरुन्, हेर्नुहोस् आज मंसिर १३ गतेको राशिफल

२०८० मंसिर १३ गते बुधबार । इश्वी सन २०२३ नोभेम्बर २९ तारीख । मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार समेत हातलागी

गृहमन्त्री श्रेष्ठ र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच भेटघाट

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गर्नुभएको छ। प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उहाँहरुले ध्यानाकर्षण पत्र समेत बुझाउनुभएको छ। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानत: प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो